Rule 40
सहयोग लिन सक्ने
(१) मतदाता नामावली तयार गर्ने सिलसिलामा आयोग, प्रमुख नाम दर्ता अधिकारी, नाम दर्ता अधिकारी र सहायक नाम दर्ता अधिकारीले आवश्यकता अनुसार नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था, स्थानीय निकाय, राजनैतिक दल र सामाजिक संघ संस्था तथा अन्य निकायसँग सहयोग लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सहयोग माग भएमा त्यस्तो सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।